असोज ४,हेटौंडा ।बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा सुबिधा सम्पन्न सैलुन सञ्चालनमा आउने भएको छ।शुक्रबारदेखि हेटौंडा ४ स्थित अजर अमर रोडमा डि लक्स युनिसेक्स नामक सैलुन सञ्चालन हुन लागेको सञ्चालक हरिप्रसाद चौंलागाईले जानकारी दिए।

बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चाक चौंलागाईले सैलुनले पूर्ण स्वास्थयसम्बन्धी मापदण्ड अपनाएर उचित मूल्यमा स्तरीय सेवा दिने बताए। सैलुनमा महिला पुरुषको कपाल काट्ने देखि मेनिक्योर,पेडिक्योर,मसाज,लगायतका विभिन्न सौर्न्दर्य सम्बन्धी सेवाहरु प्रदान गरिने चौंलागाईले बताए।यी कार्यहरुका लागि अन्तर्राष्ट्रिय स्तरका मेशिनहरु प्रयोग गरिने पनि उनले सम्मेलनमा जानकारी गराए।
करिब ६० लाख लागतमा सञ्चालन हुन लागेको सैलुनले १२ जनालाई रोजागारी उपलब्ध हुने पनि चौलागाईंले बताए।



