असोज१२,निजगढ ।बाराको निजगढ नगरपालिका ८ नम्बर वडा कार्यालयले खसी/बाख्रा बिक्री वितरण निषेधित क्षेत्र घोषणा गरेको छ।कार्यालयले एक सूचना जारी गर्दै तोकिएको ठाउँबाहेक अन्यत्र बिक्रीवितरण नगर्न अनुरोध गरेको हो। कार्यालयले जारी गरेको सूचनामा ‘वडाका भित्री सडकमा खसी/बाख्रा बिक्रीवितरण गरिरहेको पाईएकोले असोज १४ गते देखि हाटबजार क्षेत्र भित्रको आँपको गाछी मुनि मात्र बिक्रीवितरण गर्न अनुरोध छ।’भनिएको छ।
यसवर्षको दशैँ नजिकिएसँगै निजगढमा खसी/बाख्रा बिक्रीवितरण कार्य ह्वात्तै बढेको छ।



