असोज २६,निजगढ ।बारा प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा.कृष्ण पौडेलको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने बताएका छन्।’अहिले बीरगंजस्थित नारायणी अस्पतालमा पौडेलको शवको पोष्टमार्टम भैरहेको छ’,रिपोर्ट पछि नै “हार्ट अट्याक”वा “ब्रेन ह्यामरेज” वा अन्य कुनै कारणले वहाँको मृत्यु भएको हो भन्न सकिन्छ’।घटनाको प्रकृति हेर्दा कुनै कर्तव्य गरे जस्तो देखिँदैन’,जे भएको हो डक्टरको रिपोर्ट पछिमात्र था हुने कुरा हो’।एसपी काफ्लेले भने।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयर डा. पौडेल बिहिवार सिमरा २ स्थित आफ्नै निवासमा मृत भेटिएका थिए।प्रहरीका अनुसार पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।

नेकपा एमाले मधेस प्रदेश सचिव समेत रहेका पौडेलको पार्थिव शरीरलाई पोष्टमार्टमपछि सिमरास्थित तरकारी बजारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र आजै दुधौरा खोलामा अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ।

यसैबिच डा. पौडेलको निधनप्रती जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रबार उपमहानगरपालिकामा शोक बिदा दिने निर्णय गरेको छ।डा. पौडेलको शोकमा उपमहानगरभरिका शिक्षणसंस्था र वडाकार्यालय बन्दरहने बिज्ञप्तिमा जनाईएको छ। नगरप्रमुख राजन पौडेलले एक बिज्ञप्ति जारी गरि पौडेलको निधनले सिङ्गो उपमहानगरपालिका शोकमा डुबेको र अपुरणिय क्षती भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय