कार्तिक ५,हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथअन्तर्गत भैँसे–हेटौँडा सडक खण्डको बागझोरामा शनिवार राति मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको हो ।
बा १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मकवानपुरको भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन् । घाइते बस्नेतको बायाँ खुट्टा र च्यापुमा चोट लागेको र अवस्था सामान्य रहेको उपरीक्षक भण्डारीले बताए । घाइते बस्नेतको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।



