कार्तिक १९,काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले जाजरकोट भूकम्प प्रभावितहरुलाई राहत र पूनर्निमाणका लागी ५० लाख रुपैँया दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।
राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिईएको छ ।
गत शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको छ भने, २५६ जना घाइते भएका छन् ।



