कार्तिक २२,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले लागूऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ । प्रहरीले भारत गान्धिनगर–८ बस्ने १७ वर्षीय र वीरगञ्ज महानगरपालिका मेडिकल कलेज बस्ने १६ वर्षीय दुई किशोरलाई पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषध ओनरेक्स ४५ बोत्तलसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बरको विआर ०६ एम ८५०७ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलार्ई चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध बरामद भएको हो ।
पक्राउ परेका किशोरहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय