मंसिर२७,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–११ मा २ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।घरमा अवैैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाका आधारमा प्रहरीले स्थानीय ३७ वर्षिय सोमबहादुर न्यासुरलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय ठिंगनको टोलिले न्यासुरको घरको खनतलासी लिँदा निजको ढुङ्गा माटोले बनेको जस्तापाताले छाएको भुँईतले घरको चोटाबाट भरुवा बन्दुक २ थान र बन्दुकमा लाग्ने बारुद र छर्रा फेला पारी बरामद गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।



