पुस ६,हेटौंडा । मकवानपुर होटल एसोशियसनले हेटौंडामा ‘सडक खाना महोत्सव’ गर्नेे भएको छ । हेटौंडा–४ स्थित हुप्राचौरको पूर्वी सडकमा हुने महोत्सव पुस १३ देखी १५ गतेसम्म ३ दिन चल्ने एसोशियसनले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै होटल एसोशियसन मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले खाना महोत्सवको तयारी तीव्र पारिएको बताएका छन् । हरेक वर्ष आयोजना हुँदै आएको सडक खाना महोत्सव पछिल्ला केहीवर्ष भने कोभिड–१९ का कारणले रोकिएको थियो ।महोत्सवले जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने आयोजकको दाबी छ । महोत्सवमा ४० वटा स्टल रहने छ।प्रत्येक स्टलको भाडा ७ हजार ५ सय रुपैँया तोकिएको छ । महोत्सवमा करिब ११ लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय