पुस १७,निजगढ।निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाको सरुवा भएको छ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत पुस ५ गते नै सरुवाको निर्णय भएको चिट्ठी १६ गते सोमबारमात्रै निजगढ नगरपालिकामा आईपुगेको नगरप्रमुख सुरथ पुरीले जानकारी दिए।
निरौलालाई मन्त्रालय अन्तर्गतको अतिरिक्त समुहमा तानिएको छ।उनको सट्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा उपसचिवका रुपमा कार्यरत अजय बर्तौला नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा निजगढ आउने जानकारी पाएको नगरप्रमुख पुरीले बताए।पुरीले निरौलाको सरुवा निजामती कर्मचारीको स्वभाविक प्रक्रिया भएको प्रतिक्रिया दिए।
निजगढमा स्थानीय तह निर्वाचन सम्पन्न भएको करिब १९ महिनाकोअवधीमा ४ जना प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन्।जसमध्ये सबैभन्दा लामो समय टिक्ने पनि निरौला नै हुन्।उनी निजगढमा झण्डै १० महिना बसे।
२०७९ साल श्रावण १२ गते तत्कालीन अधिकृत सुमनकुमार कार्कीलाई सरुवा गराईएपछी हाजिर हुन आएका हरिलाल पुरी जम्माजम्मी २० दिन बसेका थिए।कार्कीको सरुवाको भोलिपल्ट श्रावण १३ गते हाजिर भएका पुरीको२०७९ भदौ २ गते नै सरुवा भएको थियो।त्यसपछि आएका नयाँ अधिकृत सुमन धिताल ५ महिना रहे।धितालको २०७९ माघ १० गते सरुवा भएको एक महिनापछी२०७९ फाल्गुण ११ गते निरौला निजगढ नगरपालिकामा हाजिर भएका थिए।



