पुस२५,हेटौंडा ।मकवानपुरको हेटौंडा ४ कान्तिराजपथमा संचालित राधे राधे क्रिएशनले शिव शिखर सहकारीको हेटौंडा शाखाबाट पीडित बनेका बचतकर्ताहरुको रकमदावी आवेदन भरिरहेको छ।
क्रिएशनका संचालक पुष्पराज भट्टराईले पिडित बचतकर्ताहरु दिनप्रतिदिन आफ्नो सेन्टरमा आवेदन भर्न बढिरहेको बताए।उनले सहुलियत दरमा आवेदन भर्ने गरेको सुनाए।राधे राधे क्रिएशन कान्तिराजपथस्थित कुमारी बैंक भएको भवनको भित्रपटी रहेको छ।
सहकारीको हेटौंडा शाखाबाट मात्रै ८ हजार बढी बचतकर्ताहरुको २५ करोड रुपैयाँ भन्दा बढी र देशैभरका ३६ ओटा शाखाहरुबाट १ लाख ६८ हजार ७ सय २५ जना सदस्यको १४ अर्व रुपैयाँ अपचलन भएको छ।
बचतकर्ताको ठूलो रकम अपचलन भएपछी भूमी व्यवस्था ,सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुसँग अनलाईन मार्फत मागदावी आवेदन मागेको हो।
समितिले पुस १८ गते एक सूचना प्रकाशित गरि ३५ दिनभित्र अनलाइन मार्फत सप्रमाण रकमदावी आवेदन मागेपछि पीडित बचतकर्ताहरुले धमाधम आवेदन भरिरहेका छन्।
आवेदन भर्नका लागि नागरिक्ता प्रमाणपत्र ,नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र ,पासबुक,पैसा फिर्ताका लागि अन्य बैंकको खाता नम्बर ,मुद्द्ती खाता प्रमाणपत्र तथा शेयरसदस्यको हकमा शेयर प्रमाणपत्र वा शेयर खरिदको रसिद आवश्यक पर्ने समितिको सूचनामा जनाईएको छ।
समितिले आफ्नो वेबसाईट www.coopmc.gov.np मा सप्रमाण आवेदन भर्न आव्हान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय