माघ ७,हेटौंडा ।पूर्व राजा ज्ञानेन्द्र शाहले हेटौंडास्थित भुटनदेवी मन्दिरमा पूजाअर्चना गरेका छन्।पूर्व राजा शाह आईतवार अपरान्ह ४ बजे छोरी प्रेरणा शाह सिंह तथा पूर्वराजपरिवारका अन्य सदस्यसहित मन्दिर प्रवेश गरि पूजा अर्चना गरेका हुन्।उनले मन्दिरभित्र करीब १५ मिनेट बिताएका थिए।
आफैंले गाडी चलाएर मन्दिर प्रवेशद्वार अगाडी आईपुगेका शाह रातो कार्पेट ओछ्याईएको करीब ५ सय मिटर पैदलयात्रा गरि मन्दिर परिसर पुगेका थिए।शाहको स्वागतका लागि मन्दिर भन्दा करीब ५ सय मिटर वरै देखि स्वागतद्वार र रातो कार्पेट ओच्छ्याईएको थियो।
उनलाई प्रत्यक्ष हेर्न सर्वसाधरणको तँछाडमछाड देखिन्थ्यो।
पछिल्लो केही हप्ता देखि तराईका विभिन्न शक्तिपिठहरुको भ्रमणमा रहेका शाह आईतवार मकवानपुर आईपुगेका हुन्।

भुटनदेवी आउनुअघी शाहले चुरियामाई मन्दिर र हेटौंडा १३ पदमपोखरिमा रहेको ज्याङछुपलिङग पोताला गुम्बामा गई पुजाआजा गरेका थिए।



