फागुन ३,हेटौंडा । सिराहाको लाहानमा एक नाबालिगमाथि ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर बलात्कार भएको घटना उजागर भएको छ । ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्षिया नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जनाए । निकेशका साथी अरुण यादवले लाहान नगरपालिका १ स्थित एक घरमा भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनाएको छ ।
प्रवक्ता पाण्डेका अनुसार बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उपचारपछि उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको छ।
पक्राउ परेका पीडक यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पिडक र पिडित दुबैजना साथी हुन्। अहिले पीडक यादवमाथि जबरजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसी भोला भट्टले जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय