फागुन २३,हेटौंडा । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ चौधमाईलमा गुडिरहेको एक ट्रकमा अचानक आगलागि भएको छ।
बुधबार साँझ ७ बजे चितवनबाट हेटौंडातर्फ आईरहेको ना ६ ख ६१८ नम्बरको खाली ट्रकमा तार सर्ट भै अचानक आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरीको टोलि घटनास्थलमा पुगि दमकलको सहयोगमा आगो निभाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
आगलागीबाट कुनै मानवीय क्षती नभएपनि ट्रक पुर्ण रुपमा क्षती भएको डिएसपी भण्डारीले बताए। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पनि भण्डारीले बताए।



