फागुन २६,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ मा स्कुटरको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छिन् ।
स्थानिय हरिहर पुडासैनीकी ७ वर्षीया छोरी विनिशा पुडासैनी स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी हुन्।
शुक्रबार पिप्ले चोकतर्फबाट मास्टर चोकतर्फ आउँदै गरेको नम्बर नखुलेको स्कुटरले बघर नजिकै बाटो छेउमा खेलिरहेकी बालिका विनिशालाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो।
घाइते विनिशालाई तत्कालै उपचारार्थ हेटौंडा अस्पतालमा लगिएकोमा उनको त्यँहा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ।
हाल उनको उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ। ठक्कर दिने स्कुटर फरार रहेको छ। प्रहरीले ठक्कर दिने स्कुटर र चालकको खोजी कार्य गरिरहेको जनाएको छ।



