फाल्गुन २७,हेटौंडा । हेटौंडामा स्रोत नखुलेको अवैध भारतीय र नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।
आइतबार अवैध भारतीय रुपैयाँ ५ लाख ४९ हजार १ शय तथा नेपाली रुपैयाँ २ लाख ५० हजार सहित ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-४का ३२ वर्षिय निजाम मियाँ, भारत बिहार राज्य सितामणी थाना-भुभैरवो-९ बस्ने बर्ष ३०का राकेश कुमार,सोही ठाउँ बस्ने बर्ष ३० कै चन्द्र बाबु र बर्ष ३७ का अशोक राय छन्।
प्रहरीले उनिहरुलाई शुक्रबार बिहान १ बजे हेटौंडा-१५ स्थित रातोमाटे चेक प्वाईन्टबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले पूर्व-पश्चिम सडकखण्डमा सुरक्षा जाँच गर्ने क्रममा बिरगंज बाट नारायणघाट तर्फ जादै गरेको बिआर ०१एआर २९९१ नम्बरको भरतिय कारलाई शंका लागी चेकजाँच गर्ने क्रममा अवैध रुपैयाँ कारको सिटमुनी लुकाई छिपाई ल्याएको अवस्थामा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

बरामद अवैध रुपैयाँ ।

उक्त कारबाट भारतिय रुपैयाँ ५ शय दरको १ हजार ४२ थान,२ शयको ९३ थान ,१ शयको ९३ थान,५०को ४ थान र नेपाली रुपैया दुई लाख पचास हजार बरामद भएको प्रवक्ता भण्डारीले बताए।
पक्राउ परेकाहरु माथी आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय