फागुन २८,हेटौंडा ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवीमा एकजना युवा मृत फेला परेका छन्।चितवनको रत्ननगर–२ घर भै भुटनदेवी मोडमा डेरा गरि बस्ने ३७ वर्षीय राजकुमार श्रेष्ठ सोमबार बिहान आफू सुत्ने कोठामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ,प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
घटनास्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागी हेटौंडा अस्पतालमा राखिएको प्रवक्ता भण्डारीले बताए।



