फागुन २८, हेटौंडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल १४ नम्बर हेडक्वार्टर हेटौंडाको संयुक्त टोली लागू औषध फँडानी गर्न राक्सिराङ गाउँपालिका पुगेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना र सशस्त्र प्रहरी बल १४ नम्बर हेडक्वार्टरबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा ३१ जना गरि ५६ जनाको संयुक्त प्रहरी टोली राक्सिराङ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
टोली आईतवार पौने १२ बजेको समयमा हेटौंडाबाट त्यसतर्फ प्रस्थान गरेको हो। टोलीले कति लागुऔषध फँडानी गर्छ र कहिले फर्कन्छ यकिन नभएको प्रवक्ता भण्डारीले बताए।
राक्सिराङ गाउँपालिकाको विभिन्न स्थानमा धेरैमात्रामा लागुऔषध गाँजा र अफिम खेती गरिएको पाईएको प्रवक्ता भण्डारीले बताए।
राक्सिराङमा प्रहरीले वर्षेनि लागुऔषध गाँजा र अफिम खेती फँडानी गर्दै आएको छ।



