फागुन ३०,हेटौंडा । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका एकजना पुरुषलाई खोलाले बगाएर बेपत्ता बनाएको छ।मंगलबार बुढिगण्डकी खोलामा माछा मार्ने क्रममा त्रिपुरासुन्दरी गाउँपालिका–१का ५० वर्षीय मानबहादुर दराईलाई खोलाले बगाएको हो।
साँझ पौने ६ बजे तिर दराईलाई खोलाले बगाएको सूचना प्राप्त भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
बेपत्ता दराईको प्रहरीले खोजिकार्य गरिरहेको पनि जनाएको छ।



