फागुन३०,हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा एक महिला मृत फेला परेकि छिन्। नगरपालिकाको वडा नं १० स्थित तल्लो बिसिङखेल बस्ने ५० वर्षिया महिला ज्ञानिमाया गमाल आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन्।
बुधबार बिहान १० बजे गमालको घरको ढोका बन्द रहेको कारण स्थानियले बोलाउँदा घरको ढोका नखुलेपछि
प्रहरीले स्थानियको रोहवरमा ढोका खोलेको थियो।घटनास्थलको मुचुल्का पश्चात शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।घटनासम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



