चैत्र ३,हेटौंडा । मकवानपुरको ईन्द्रसरोवरमा मोटरसाइकल दूर्घटनामा परि एक जना नेपाली सेनाका प्युठ घाईते भएका छन्। घाईते हुनेमा चितवनको खैरेनी नगरपालिका-१ घर भई दाङको रङसिंह दलमा कार्यरत २९ वर्षिय यज्ञबहादुर मगर छन्।
मगर शनिबार दिउँसो २ बजेर २५ मिनेटको समयमा ईन्द्रसरोवर-२ सिमखोला स्थित हेटौंडा- काठमाण्डौ सडक खण्डमा दूर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।मगर हेटौंडाबाट काठमाडौतर्फ जाँदै थिए।
प्रवक्ता भण्डारीका अनुसार मगर आँफैले चलाएको
लु.३४ प ३६०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो।
मगरको ढाडमा चोट लागेको छ। उनलाई उपचारार्थ काठमाण्डौ स्थित छाउनी अस्पताल पठाईएको प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय