चैत्र ४,हेटौंडा।मकवानपुर प्रहरीले २३ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-१० का २५ वर्षिय मदन तामाङ र हेटौंडा उपमहानगरपालिका-१९ की ३८ वर्षिया शर्मिला भोलन छन्।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बसामाडीबाट खाटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजे हेटौंडा-३ स्थित पूर्व-पश्चिम सडक किनारबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार बागमती प्रदेश ०३-००३ प ७७७७ नम्वरको मोटरसाईकल सडक किनारमा रोकि बसिरहेका उनिहरुमाथी शंका लागि चेकजाँच गर्दा निजहरुले बोकी ल्याएको जेब्रा झोला भित्र २३ किलो लागू औषध गाँजा फेला परेको हो।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत हेटौडाबाट ३ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय