चैत्र १५, हेटौंडा। हेटौंडामा ट्यांकरबाट डिजेल चोर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्यांकर चालक पर्साको बीरगंज महानगरपालिका-११ श्रीपुरका ४९ वर्षिय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हेटौंडा-९ स्थित नवदुर्गा आयल स्टोरमा काम गर्ने ३० वर्षिय बीरेन्द्र साह छन्।
उनिहरुलाई बिहिवार दिउँसो १ बजेर ४० मिनेट जाँदा ट्यांकरबाट डिजेल चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार उनीहरुले अमलेखगञ्जबाट काठमाडौको थानकोट डिपो तर्फ जाँदै गरेको ना ७ ख २७९४ नम्बरको ट्यांकर नव दुर्गा आयल स्टोरको कम्पाउण्ड भित्र रोकि डिजेल चोरी गरिरहेका थिए।प्रहरीले उनिहरुलाई चोरिएको ४० लिटर डिजेलसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि थानकोट डिपो पठाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय