चैत्र २८,सर्लाही। सर्लाहीको  बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

थापाले ५ करोड भन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार थापालगायतले ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेका छन्।
सर्लाहीको बागमती किनारमा रहेको खाली जग्गालाई कृत्रिम ताल बनाएर मेयर थापा चर्चामा थिए। उक्त ताललाई उनकै नामका आधारमा भरत ताल भनेर नामाकरण गरिएको छ। थापा माओवादी केन्द्रबाट मेयर पदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय