चैत्र २८, हेटौंडा । मकवानपुरमा मोटरसाइकल दूर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन्।घाईते हुनेमा भिमफेदी गाउँपालिका-६ तारागाउँका २५ वर्षिय मोटरसाइकल चालक जिनेश वाईबा र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २३ वर्षिय अर्जुन स्याङतान छन्। घाईतेहरुको हेटौंडा अस्पतालमा उपचार संभव नभएपछी थप उपचारका लागि चितवन रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
वाईबा र स्याङतान सवार मोटरसाइकल बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका-१ तिरतिरे धारा स्थित भिमफेदी-भैसे-हेटौडा सडकखण्डमा दूर्घटनाग्रस्त भएको थियो।भण्डारीका अनुसार घाईते दुबैको शरीरका विभिन्न भागमा चोट लागेको छ। भिमफेदीबाट हेटौडा तर्फ आउदै गरेको प्र.३-०२-०१३ प ९७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको सानो खम्बामा ठोक्किएको प्रवक्ता भण्डारीले बताए।



