बैशाख १,हेटौंडा ।प्रेस सेन्टर नेपाल,मकवानपुरले नयाँ वर्ष २०८१ सालको अवसर पारेर आफ्नो सम्पर्क कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।सेन्टरले शनिवार बैशाख १ गते बिहान हेटौंडा-४मा अवस्थित आफ्नो सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरेको हो।वागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ब्यानर पढेर कार्यालयको उद्घाटन गरेकी हुन्।
कार्यालय उद्घाटनसँगै आजैबाट समाचार कक्ष पनि संचालन गरिने सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाले बताईन्।
अध्यक्ष थापाको सभाध्यक्षतामा संचालन गरिएको कार्यक्रम्मा मन्त्री मोक्तानसँगै वागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु,पत्रकार महासंघका केन्द्रिय सदस्यसमेत रहेका प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सुनिल खड्का,महासंघ वागमती प्रदेशका सचीव कृष्ण शारु मगर, महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा,प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष मनोज ढोडारी,समाजवादी प्रेस संगठनका केन्द्रिय महासचिव रामकुमार एलन,सेन्टर वागमती प्रदेश महासचिव ध्रुब अधिकारी,प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी,प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा जिल्ला सम्न्वय समिति मकवानपुरका संयोजक ललित घलान,वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणी दाहाल,भानुभक्त आचार्य,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईं,अग्रज पत्रकार सुवर्ण श्रेष्ठलगायतको आतिथ्यता तथा विभिन्न सञ्चार माध्यमका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।




