बैशाख २९,हेटौंडा। बीरगंज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले एमाले छाडेका छन् । सरावगीले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामापत्र लेख्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टीमा आफ्नो हैसियतअनुसारको भूमिका नपाइएको भन्दै उन्ले पार्टि छोडेको राजीनामापत्रमा उल्लेख गरेका छन्।
‘पार्टीको भूमिकाले मलाई राजनीतिमा सक्रियभन्दा पनि निष्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले आजैका मितिदेखि लागू हुने गरी एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’ सरावगीले लेखेका छन्।
०७८ मंसिरमा एमाले प्रवेश गरेका सरावगीले एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्यको जिम्मेवारी पाएका थिए । ०७४ को स्थानिय निर्वाचनमा जसपाबाट बीरगंज महानगरपालिकाकोे मेयर पदमा निर्वाचित उनि ०७९ को निर्वाचनमा भने एमालेबाट मेयर पदमा चुनाव लडेर पराजित भएका थिए ।



