वैशाख ३०, हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । एमाले सर्लाही जिल्ला कमिटी सदस्य रहेका डा.साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार आयोजित एक कार्यक्रमका बीच डा.साहलाई पार्टीमा प्रवेश गराएका हुन्।
शनिबार पनि काठमाडौंमा आयोजित एक कार्यक्रममा मोरङ्ग जिल्ला कमिटी सदस्य एवं एमाले निकट निर्माण व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव केदार रिजाल, एमाले मोरंग जिल्ला कमिटी एवं अनेमसंघकी नेतृ सरस्वती खरेल रिजाल एमाले परित्याग गरी आजपा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय