जेठ १९,हेटौंडा । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । सोही दिनको स्मरण गर्दै आज हेटौँडाको बुद्धचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी , मकवानपुरले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
२०५८ जेठ १९ गते राति राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेशका सांसदहरु उद्धव थापा, कुमारी तामाङ ,नुरज बज्राचार्य,आशा लामा र लक्ष्मी घिमिरेको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा राप्रपा हेटौँडा नगर अध्यक्ष अरुण लामा,राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ र राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका वरिष्ठ नेताहरुको पनि उपस्थिति थियो ।



