मंसिर २३,हेटौंडा। प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथी हिरासतमा मानव अधिकार उलंघन भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिभागले आईतवार एक बिज्ञप्ति जारी गर्दै सरकारले राज्य संयन्त्रको अत्याधिक दुरुपयोग गरि एक प्रतिस्पर्धी एवं वैकल्पिक लोकतान्त्रिक राजनीतिक दलका नेतालाई विभिन्न बहानामा अपमानजनक एवं अमानवीय व्यवहार गरेको,दिनभर चितवनस्थित सरकारी वकिलको कार्यालयमा बयान गराई सुतिरहेको अवस्थामा मध्यराती उठाई सडकमार्ग हुँदै बिहान ३ बजे पोखरा पुर्याएको र लामिछानेको निजि डायरी हिरासतबाटै गायब गरिएको भन्दै आपत्ती जनाएको छ।

सरकारको यो दुष्कर्मले नेपाली नागरिकको नैसर्गिक अधिकार हनन् गरेको पुष्टि भएको बिभागको ठहर छ।




