पुस ७,कास्की। राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ।
लामिछानेविरूद्ध आइतवार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ।’ भनिएको छ।
लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको जिल्ला अदालत कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले बताईन्।
सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसँग २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो मागेको छ।



