पुस ७,कास्की। जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविसँग २७ करोड ९८ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो मागदाबी गरेको छ।

साथै उनकी पत्नी निकिता पौडेलमाथी पनि मुद्दा दायर भएको छ । निकितासहित पाँच जनालाई उनीहरुको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाईएको जिल्ला अदालत कास्कीकी न्यायधिवक्ता कमला काफ्लेले बताईन्।

कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने व्यवस्था रहेको उनले बताईन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय