पुस ९, काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोलप्रसाद अर्याललाई दिईएको छ।
रास्वपाको सोमवार दिउँसो बसेको पार्टी सचिवालयको आकस्मिक बैठकद्वारा अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

न्यायिक हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई एक पत्र मार्फत पार्टीको कार्यवाहक सभापति तोकेका हुन्।

`पार्टी विधान २०७९(संशोधन २०८१) को धारा २५(४)(क)(९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले उहाँलाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत् केन्द्रीय समितिलाई जानकारी गराइएको´बिज्ञप्तिमा उल्लेख छ।

पत्रमा सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्तरुपमा लाग्न र कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुने अपेक्षासहित शुभकामना समेत व्यक्त गर्नुभएको  झाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय