माघ ८,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना सन्देश पठाएको छ।

रास्वपाले आज काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकामा बधाईसहित सफल कार्यकालका लागि ट्रम्पलाई शुभकामना व्यक्त गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिईन्।

ईमेलमार्फत प्रेषित सन्देशमा “अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनर्बहालीले अमेरिकी इतिहासमा उहाँको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख छ।”

सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरु हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख छ।

पार्टीले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध ट्रम्पको दोस्रो कार्यकालमा थप प्रगाढ र विस्तार हुँदै जाने तथा अमेरिकी सहयोगले फराकिलो निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय