माघ१४,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतले आफुविरुद्व गरेको आदेश बदरको माग राखी उच्च अदालत पोखरामा निवेदन दिएका छन्।

लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक सम्बन्धी सुनुवाईकाे आदेशमा फाैजदारी कार्यविधि संहिताकाे दफा ६८ बमाेजिम धराैटी माग गरेकाेमा चित्त नबुझेको भन्दै सोमवार निवेदन दर्ता गराएका हुन्।

निवेदनमा ‘उक्त बेरितकाे आदेश बदर गरि दफा ६९ बमाेजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ’ उल्लेख छ।

सभापति लामिछानेले उच्च अदालत पाेखरामा दफा ७३ बमाेजिम निवेदन दर्ता गराएका कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिईन्।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिजकुमार राईले
गत पुस २५ गते लामिछानेलाई सूर्यदर्शन सहकारी बचत रकम अपचलन प्रकरणमा ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय