माघ १९, नवलपुर । पूर्वीनवलपरासीको कावासोती नगरपालिका– १ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ ।

राष्ट्रिय युवासंघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको  युवासंघको जिल्ला अधिवेशनमा मन्तव्य दिएर मञ्चबाट ओर्लने बितिक्कै ज्यान गएको हो ।

राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।

तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् ।

मियाको उपचारको क्रममा शनिवार दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ३७ वर्षिय मियाँकी श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय