माघ २३,काठमाडौँ । सरकारले बाँसबारीको १० रोपनी जग्गा किर्ते गरेर हत्याएको आरोप लागेको चौधरी समूहलाई उन्मुक्ति दिएको छ।
जग्गा किर्तेमा मुद्दा चलाउन नपर्ने प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले चौधरी समूह विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो।
बाँसबारीको १० रोपनी सरकारी जग्गा किर्तेमा संलग्नलाई ‘मुद्दा चलाउन नपर्ने’ रायसहितको प्रहरी प्रतिवेदनका आधारमा यस्तो निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवम् सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए ।
चौधरी समूह विरुद्ध जग्गा किर्तेमा मुद्दा नचल्ने निर्णय भएको हो,’ प्रवक्ता दाहालले भने,‘ठ्याक्कै निर्णय भएको दिन मैले भन्न सकिन । निर्णयको व्यहोरा चाँहि चौधरी समूहको नाममा रहेको जग्गा सरकारको नाममा आइसकेको र सो विरुद्ध सर्वोच्चमा दायर रिट पनि चौधरी समूहले फिर्ता लिइसकेको हुनाले मुद्दा चलाई राख्न नपर्ने भन्ने निर्णय भएको छ ।’



