चैत्र३,हेटौंडा। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पलाँता रिहा भएका छन् ।

चितवनस्थित भरतपुर विमानस्थलबाट आज दिउँसो पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।उनलाई प्रहरी कार्यालय मकवानपुरले आजै साँझै रिहा गरेको हो।

रिहा भएपछि बमलाई राप्रपा जिल्ला कार्यसमिति मकवानपुरले हेटौंडा-२ स्थित कार्यालयमा स्वागत गरेको थियो।

बमले हेटौंडामा शनिवार आयोजित संगठनको जिल्ला अधिवेशनमा सम्वोधनका क्रममा प्रचण्डको तस्वीर जलाएका थिए।

बम पक्राउपछी प्रचण्डले सामाजिक सञ्जाल मार्फत तस्विर जलाएकै आधारमा पक्राउ गर्न उचित नहुने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय