चैत्र१७,काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चैत्र १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा भएको घटनामा संलग्न दोषीलाई कार्वाही गर्न उच्च न्यायीक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।

रास्वपाको आईतवार विहान बसेको सचिवालयको भर्चुअल बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको घटनामा संलग्नलाई कानुनी कार्वाहीको सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय समिति बैठक १८ गते सोमवार केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय