चैत्र१९,काठमाडौ। प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको हो।

उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। पूर्वमन्त्री समेत रहेका बोहोरा घाँटीको समस्याबाट पीडित थिए।

उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन नगरी  चुनाव जितेका थिए। उनका प्रतिस्पर्धी तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाण रहेका थिए ।

पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएपछि उनले स्पिच थेरापी गर्दै आएका थिए।

संसदमा पनि उनि बोल्दैनथे। उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय