चैत्र१९,काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद फुकुवाको गर्न आग्रह गरेका छन्।

मंगलबार पार्टीका सांसदसहित सभामुख घिमिरेलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका लामिछानेले मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताएको जानकारी दिए।

‘जनप्रतिनिधिका लागि सर्वोच्च निकाय सम्मानित सदन हो। यो अधिवेशन सुरू भएको पहिलो दिन नै प्रक्रियागतरूपमा नै सभामुख देवराज घिमिरेलाई निवेदन दिएको थिएँ। संविधान, कानुनको मक्सद त्यो होइन। राजनीतिक प्रतिशोधका कारणले म जन्मनुभन्दा अगाडि, मेरो हजुरबुबाले आर्जन गरेको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अगाडि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर खाली सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने कुत्सित मनसाय राखेर मुद्दा दर्ता मात्र गरिएको हो।

ढोकामा टेकाइएको मुद्दामा आधारमा निलम्बन हुनुहुँदैन भनेर निवेदन राखेको थिएँ,’ उनले भने।

उनले एकजना मानिस सधैं अदालत मात्रै गइरहने, सधैँ झैझगडामात्रै गरिरहने भन्ने नहुने पनि बताए। संसदको विषय संसदबाटै निरुपण होस् भन्ने आफ्नो अभिप्राय रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय