चैत्र२१,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पार्टिका सदस्यहरु राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर केही मिडियामा प्रस्तुत समाचार र सामाजिक सञ्जालमा आएका पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नाम प्रस्तुत भएका खोटाङका काङ्ग्रेसका पूर्व नेता रहेका डा. राजकुमार राई र भगवती रोका लगायतका व्यक्तिहरुले करिब ३ महिना अगाडि देखिनै पार्टीबाट अलग भएको स्वघोषणा गरेकोले उनिहरु हाल पार्टिमा कुनै जिम्मेवारीमा नरहेको केन्द्रिय संगठन विभाग सचिव शंकर श्रेष्ठले जानकारी दिएका छन्।

उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएको कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको भन्दै श्रेष्ठले विज्ञप्ति नै जारी गरेका छन्।

“कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको कुरा सबैमा जानकारी गराइन्छ।” बिज्ञप्तिमा भनिएको छ।

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहररूको प्रदर्शन तनावग्रस्त हुँदा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर्सबाट राईले ब्ल्यु लेबल,ब्ल्याक लेबल जस्ता महंगा ह्विस्की निकाल्दै गरेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

डा.राई अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टर समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय