चैत्र२३,भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी,रास्वपाले चितवनबाट  ‘जनयात्रा’ कार्यक्रमको शुभारम्भ गरेको छ।

भरतपुरस्थित गेष्ट हाउस चौरमा गरिएको शुभारम्भ कार्यक्रममा स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, हरि ढकाल, कविन्द्र बुर्लाकोटी,बिजय जैरु,अशोक चौधरी लगायत नेताहरु उपस्थित छन् ।

‘जनयात्रा’ लाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

कार्यक्रम मार्फत लामिछानेले आफू गृहमन्त्री रहेको सरकार ढल्नुको कारणबारे खुलासा गर्ने बताएका थिए ।

तर शुक्रवार उच्च अदालत तुलसीपुरको आदेशले लामिछानेलाई थुनामा राख्ने आदेश गरेपछि उनी हिजो राति नै पक्राउ परेका छन्।

पक्राउ पर्नुपूर्व लामिछानेले आज हुने कार्यक्रम नरोकियोस भन्दै सन्देश छाडेका थिए ।

करिब साँढे ५ महिना लामो पार्टी जिम्मेवारीबाट बाहिर रहेका लामिछानेले गत सोमबारदेखि मात्र पुनः सभापतिको जिम्मेवारी सम्हाले लगत्तै पार्टीको केन्द्रीय समिति बैठकबाट जनयात्रा अभियान घोषणा गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय