बैशाख४,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपि अर्यालले पार्टीका समर्थकहरुलाई सामाजिक सञ्जालमा जथाभावी नलेख्न र अभिव्यक्ति नदिन सचेत गराएका छन्।
विहिवार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति अर्यालले समाजिक सञ्जालमा पार्टीका समर्थकहरूको अराजक उपस्थिति देखिएको भन्दै ध्यानाकर्षण भएको जनाएका थिए।
उनले सामाजिक सञ्जालमा देखिने अराजक गतिविधि पार्टीकै लागी घातक हुने भन्दै सबै समर्थक एवं सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन अनुरोध गरेका हुन्।
यस्तै बैठकमा सांसद सुमना श्रेष्ठले पार्टीको सह-महामन्त्रीको पदबाट सभापति रवि लामिछानेलाई राजीनामा बुझाएको बारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने पनि कार्यवाहक सभापति अर्यालले बैठकलाई जानकारी गराएका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।



