बैशाख४,हेटौंडा।हेटौंडा अस्पतालको बोर्ड तोडफोड गरेको भन्दै मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई अस्पतालको बोर्ड तोडफोड गरेको आरोपमा प्रहरीले विहिवार नियन्त्रणमा लिएको हो।

उनिहरु नेपाली काङ्ग्रेस, रास्वपा र एकीकृत समाजवादी मकवानपुरका नेताहरु हुन्।

वागमती प्रदेश सरकार मातहतमा रहेको प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग-अलग बनाउनुपर्ने मागराखी संघर्षरत अस्पताल बचाउ तथा सुधार संघर्ष समितिले गत चैत्र ३१ गते अस्पतालको बोर्डमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित लेखिएको शब्दावली मेटाएका थिए।

अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने भन्दै समितिले चरणबद्व संघर्ष गर्दै आएको थियो।

उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उनिहरुलाई छलफलका लागि बोलाएको थियो ।

सोही क्रममा आफुहरुलाई प्रहरी कार्यालय परिषरबाटै हिरासतमा लिईएको नियन्त्रणमा परेका संंघर्ष समितिका संयोजक विशालराज महतले बताएका छन्।

महतले आफुहरुको विरोध जायज भएको भन्दै हिरासतमा पनि अनसन गरेर विरोध जनाउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय