बैशाख१३,हेटौंडा। नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल सवारी दूर्घटनामा परि गम्भीर घाईते भएका छन्।
पोखरेल हेटौंडा-५ स्थित पुष्पलाल पार्क अगाडी स्कुटर दूर्घटनामा परि घाईते भएका हुन्।

आज विहान ८ बजे आफ्नो घर कमलडाँडा तर्फबाट हेटौंडा बजारतर्फ आउने क्रममा प्र.३-०३-००१ प. ५८०७ नम्वरको आफैले चलाएको स्कुटर एक्कासी ब्रेकफेल भई अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

६२ वर्षिय पोखरेलको टाउको, निधार तथा दाँया हातमा चोट लागेको छ। उनलाई स्थानीयले उद्दार गरि उपचारार्थ हेटौडा अस्पताल पुर्याएका थिए।

उनको सघन उपचार कक्षमा अचेत अवस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय