बैशाख१३,हेटौंडा। नेकपा एकीकृत समाजवादीको हेटौंडा उपमहानगरपालिका-१६ नम्बर वडाको अधिवेशन सम्पन्न भएको छ।

पार्टी जिल्ला उपाध्यक्ष किरणमान बलको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न अधिवेशनले कृष्णबहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष पदमा गोविन्द ढकाल , सचिवमा विनोद पोख्रेल तथा सदस्यहरुमा दमन बलामी , सीता राई , दिलमाया राना , हरिबहादुर राई , रेनुका राना र प्रकाश परियार चयन भएका छन् । समितिमा थप सदस्य पछी थप्ने बताइएको छ ।

नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथी बलले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय