जेठ१०,भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल रसुवाको कार्यक्रम छोडेर सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही पुगेका छन् ।

उनको आज रसुवा जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि उनले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका हुन्।

शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी आफ्ना पूर्वनिर्धारित काम छोडेर रुपन्देही कारागार पुगेका हुन्।

सर्वोच्चको आदेशलगत्तै रास्वपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो । उक्त बैठकले आज  दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको छ ।

त्यस्तै भोलि आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा  केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । सचिवालय र केन्द्रीय समिति बैठक अघि कार्यावाहक सभापति डिपी अर्याल सभापति रवि लामिछानेलाई भेटेर फर्किएका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय