असार३,हेटौंडा।मकवानपुर प्रहरीले गाईगोठभित्र तास र लुंडो खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा-१६ गौरीटारका ४५ वर्षिय दामोदार चौलागाई,२९ वर्षिय बिश्व स्याङ्तान, सुदिप पोख्रेल र प्रदिप ओझा तथा ५२ वर्षिय बहादुर थिङ छ्न्।

आज दिउँसो पौने २ बजे गौरीटार रंगशालास्थित दामोदार चौलागाईंको गाईगोठमा पैसाको हारजित हुने गरी जुवातास खेलीरहेका उनिहरुलाई नगद ८१ हजार ३ सय ९० रुपैयाँ र ७ बुक तास तथा काठको लुँडोसहित नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाईगोठभित्र काठको खाटमाथी खाल राखी पैसाको हारजित हुने गरी जुवातास खेली, खेलाईरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको डिएसपी अर्यालले बताए।
उनिहरुलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान तथा कारवाही भैरहेको अर्यालको भनाई छ।




