असार२०,निजगढ।बाराको निजगढ नगरपालिका-८ का समाजसेवी युवा रवि सापकोटाको अचानक मृत्यु भएको छ।

बकैया टोलका ३४ वर्षीय सापकोटाको शुक्रवार राती सिसिटिभी जडान गर्ने क्रममा अचानक पोलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रवार राती करिब ८ बजेतिर निजगढ-५ स्थित प्रतिक्षा टोलको सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्ने क्रममा बिजुलीको पोलमा चढ्दा सापकोटा एक्कासि भुँईमा खसेका थिए।

उनलाई करेन्ट लागेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।यद्यपि ,स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

उनको पोष्टमार्टम रिपोर्ट पछि मात्रै वास्तविकता थाहा हुने निजगढ केबल नेटवर्कका संचालक हिमेश घिमिरेले बताए।

सापकोटा सोही कम्पनीमा लामो समयदेखी प्राविधिकका रुपमा कार्यरत थिए।

पोलबाट खसेर घाइते भएका सापकोटालाई उपचारार्थ तत्काल निजगढस्थित सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो।

अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पताल पठाईएकोमा उनको उपचारकै क्रममा ८ बजेर ५१ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाईएको जनाएको छ ।

सापकोटा युथ अफ निजगढ लगायतका सामाजिक संस्थामा आवद्ध थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय