फागुन १५,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा युवा र प्रबुद्ध वर्गको आकर्षण बढ्ने क्रममा आज एक विशेष कार्यक्रमका बीच करिब २०० जना भन्दा बढी व्यक्तिहरु पार्टी प्रवेश गर्दैछन्।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा दिउँसो २ बजे आयोजना हुने एक समारोहका बीच उनीहरु औपचारिक रुपमा पार्टीमा समाहित हुन लागेका हुन्।

​पार्टीका उपसभापति डिपी अर्यालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पछिल्लो समय सामाजिक र राजनीतिक बहसका केन्द्रमा रहेका ‘जेन्जी आन्दोलनका प्रभावशाली अभियन्ताहरू तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहने रास्वपाले जनाएको छ।

पार्टी स्रोतका अनुसार, नयाँ पुस्ताको राजनीतिमा बढ्दो चासो र वैकल्पिक राजनीतिको आवश्यकतालाई आत्मसात गर्दै विभिन्न सामाजिक अभियानमा सक्रिय युवाहरुको यो प्रवेशले रास्वपाको संगठन विस्तारमा थप उर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय